सत्यमोहनको दीर्घायु सूत्र : भोलिको चिन्ता नगर
काठमाडाैं | चैत २७, २०७८
सनम महर्जन, मनोजरत्न शाही र केशब गुरुङ्ग
काठमाडौं, मङ्सिर २२ गते । शताब्दी पुरुष सत्यमोहन जोशी अबको पाँच महिनामा १०३ वर्ष टेक्दै हुनुहुन्छ । लामो समय बाँचेर पनि सक्रिय जीवन बिताउनु भएका जोशीको दिनचर्यामा अझै खासै परिवर्तन भएको छैन ।
विगतमा उहाँ धेरै कार्यक्रममा जानुहुन्थ्यो तर पछिल्लो समय हिँडडुल भने अलिक कम भएको छ । स्मरण शक्तिमा खासै फरक परेको छैन । तर, अब आँखा अलिक कमजोर भएका छन् । सुन्ने शक्ति र खाना रुचीमा पनि समान्य कमी आएको छ । तर पनि उहाँले भेट्न र गफिन आउनेसँग उहाँ खुलेर कुरा गर्नुहुन्छ । उहाँको कुरा सुन्दा उहाँमा खासै बुढ्यौलीले छोएको कुनै छनक पाइँदैन ।
शताब्दी पुरुषको बुढेसकालमा पनि यतिको ऊर्जा कसरी आयो त ? सत्यमोहन जोशीका अनुसार चिन्ता मुक्त हुनु नै दीर्घायुको रहस्य हो । उहाँ भन्नुहुन्छ, ‘मेरो घरमा जुरेली आउँछन् नाच्छन्, गाउँछन् जान्छन् । फेरि अर्को दिन आउँछन्, नाचेर जान्छन् । उनीहरुलाई भोलिको चिन्ता छैन त्यसैले सन्तोष लिनुपर्छ । अर्काे कुरा आजका लागि आजै सोच्ने भोलिको लागि भोलि नै सोच्नुपर्छ ।’
उहाँ आफ्नो खानपान सामान्य भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ ‘सन्तोष नै ठूलो कुरा हो । सन्तोषी सदा सुखी, असन्तोषी सदा दुःखी ।’ दैनिक बिहानभर पत्रपत्रिका पढ्ने उहाँले अहिले अखबार पनि धेरै पढ्न छोड्नु भएको छ । यसो ‘हेडलाइन’ हेर्ने र कुनै महत्वपूर्ण विषय भए मात्रै पूरै पढ्ने गर्नुहुन्छ ।
साभारः गाेरखापत्र
इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...
निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् । निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । ...

